दफा ४७
मुद्दा हेर्ने अधिकारी
यस ऐन बमोजिम सजाय हुने देहायको मुद्दा हेर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ:-

(क) दफा ४२ को खण्ड (क), (घ) (ङ) र (च) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा: गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई, र

(ख) दफा ४२ को खण्ड (ख) र (ग) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई ।